नबिल बैंकलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ मा सम्मानित, वित्तीय पारदर्शितामा अग्रणी

नबिल बैंकलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ मा सम्मानित, वित्तीय पारदर्शितामा अग्रणी
+
-

काठमाडौँ – नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (NBPA) २०२४” समारोहमा सम्मानित गरिएको छ। बैंकले आफ्नो उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।

ICAN ले आर्थिक वर्ष २०८०/८१ मा प्रकाशित वार्षिक प्रतिवेदनहरूको आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनको मूल्याङ्कन गरी नबिल बैंकलाई बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै यो अवार्ड प्रदान गरेको हो। उल्लेखनीय छ, नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा पनि ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माननीय महालेखापरीक्षक तोयम रायाले नबिल बैंकका वित्त प्रमुख (CFO) सन्दीप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो। बैंकको यो पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘साफा बिपिए अवार्ड’ (SAFA BPA Award) का लागि समेत मनोनित हुनेछ।

नबिल बैंक नेपालको एक अग्रगामी बैंक हो, जसले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल बैंक नेपालको बैंकिङ विकासको इतिहासमा एक कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?