
सप्तरी– सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा करेन्ट लागेर एक जना वृद्धाको ज्यान गएको छ।
शनिबार बिहान स्थानीय ७० वर्षीया उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए।
उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो। करेन्ट लागेका यादवको घटनास्थलमै ज्यान गएको थियो।