सञ्चार उद्यमी धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

सञ्चार उद्यमी धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
+
-

दाङ – दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।

हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाए।

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते तुलसीपुर–१२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको भन्दै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए।

‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दु:खद् हो,’ गृहमन्त्री लेखकले भने, ‘ढुक्क हुनुस्, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आइजीपीलाई निर्देशन दिन्छु।’

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ। सिआइबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य रहेको हेमराजका भाइ पुष्करको गुनासो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?