धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए
+
-

काभ्रेपलाञ्चोक– धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न प्रजातिका एक हजार बिरुवा रोपिएका छन्।

मुख्यसचिव एकनारायण अर्याल, महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका साथै समाजका प्रतिष्ठित व्यक्तिले संयुक्त रूपमा विरुवा रोपेर उद्यानको पनि शुभारम्भ गरे ।

विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकार तथा तराई विकास तथा सञ्चार केन्द्रद्वारा अभियानका रुपमा नगरपालिका–१० शारदाबतासेमा उद्यान बनाइएको हो। रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दर चाँदीखोलामा पनि उद्यान बनाइएको केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले बताए।

त्यस अवसरमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू तथा उपप्रमुख निराजन जङ्गम, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहाल, वाग्मती प्रदेश वन मन्त्रालयका सचिव डा केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वडा धुलिखेल–१० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको सहभागिता थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?