कुम्ले खोलामा बन्यो पुल, अब कोही हेलिनु पर्दैन

कुम्ले खोलामा बन्यो पुल, अब कोही हेलिनु पर्दैन
+
-

पोखरा – सडकको ट्रयाक खुलेको २७ बर्ष भयो। देशकै लाइफलाइन पृथ्वी राजमार्गबाट ३ किलोमिटर मात्रै पर भए पनि खैरेनीटार तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा मोटर गुड्ने पुल थिएन।

हिउँदको बेला कुलो जत्रै बग्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीको कुम्लखोला बर्खा लागेसँगै उग्र बन्छ। उर्लेको भेलमा सवारी वारपार गर्नुपर्ने स्थानीयको नियति नै थियो। दुई पांग्रे सवारीलाई खोला तार्दाको जोखिम वयान गरिसाध्य छैन।

जाम्दीका शंकर सारुका अनुसार बर्खामा खोलाबाट सवारी वारपार गर्न युद्ध जितेसरह नै थियो। ‘पुल नहुँदा गाह्रै थियो। गाडीहरु वारीको वारी पारीको पारी हुन्थ्थो’, उनी भन्छन्, ‘कहिलेकसो त न्यारथुम भएर पनि गइन्थ्यो।

तर, यो जोखिमबाट ढिलै भएपनि स्थानीयले मुक्ति पाएका छन्। शुक्लागण्डकी नगरपालिका–६ बेलबोटे फेदीस्थित कुम्लेखोलामा मोटरेबल पुल बनेको छ। पुल बनेसँगै बर्खा याममा निकै सहज भएको हो। अब त सजिलो हुने भयो।’

उनले थपे, ‘एकदमै खुशी छु। राम्रो पुल बन्यो। सकि नसकि खोलाबाट गाडी तार्नुपर्दैन।’ खेरैनीटार बजारबाट कुम्लेखोला तरेर यस क्षेत्रकै प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ। मनसुनको बेला मन्दिर गएका भक्तजन फर्कदा पानी परेर खोला तर्नै नसक्ने अवस्थासमेत हुन्थ्यो। खैरेनीटार तीनखोले देवी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष बालकुमार वाग्लेले अब स्थानीयसँगै मन्दिर आउने भक्तजनले सास्ती खेप्नु नपर्ने बताए।

‘मन्दिरमा जाने दिउँसोमा दर्शन गरेर फर्कने बेलामा यदि पानी आएर खोला बढ्यो भने आएका भक्तजन पनि तरेर जान नपाउने स्थिति थियो। त्यो अवस्थाबाट अहिले पुल बनाउन सफल भएका छौं’, उनले भने। सुरु गरेको निकै छोटो समयमा पुल निर्माण भएको भन्दै उनले खुशी व्यक्त गरे।

बर्खामा कुम्लेखोलाले स्थानीय जनप्रतिनिधिको पनि निद हराम गरेको थियो। सीमित स्रोत साधानकाबीच स्थानीय तह एक्लैले पुल बनाउन सक्ने अवस्था थिएन। अहिले पुल बनेपछि जनप्रतिनिधि पनि हर्षित छन्। खोलामा हिउँमा सजिलोका लागि ह्युमपाइप राखिएको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए। बर्खा लागेपछि उर्लेको भेलले बगाइदिने उनी सम्झन्छन्। ‘पानी परेसि फोन आउथ्यो, ह्युमपाइप बगायो भन्नुहुन्थ्यो। यदि तनाव हुन्थ्यौं हामी। यस क्षेत्रका जनता पनि तनावमै हुनुहन्थ्यो’, उनी भन्छन्, ‘आज यो पुल बनेपनि यस क्षेत्रका सबै जनताको मुहारमा खुशी छाएको छ।’

सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै पुल निर्माण भएको हो। निर्माण व्यवसायीले पटक– पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्तिकाबीच म्याद नसकिदै पुल बन्दा स्थानीय चकित छन्। अर्कोतर्फ पुल बनेर बर्खा बेला खोलामा सवारीसँगै हेलिनुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीयको खुशीको सिमा नै छैन।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो। डबल सेल बक्स डिजाइनको पुल २ करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँको लागतमा पुल निर्माण भएको छ। २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मिले २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो। तर, म्याद सकिन ५ महिना अगावै सम्पन्न गरेर तामझामका साथ उद्घाटन गरिएको छ।

प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित लगायतले शनिबार पुलको उद्घाटन गरेका हुन्। पुल उद्घाटनको अवसरमा वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिलाई सम्मानसमेत गरिएको छ। वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिका गगन केसीलाई उपभोक्ता समितिले प्रशंसापत्र सहित सम्मान गरेको हो।

पछिल्लो समय सडक, पुल लगायत भौतिक पूर्वाधार विकासमा ठेकेदारले दिएको सास्तीले तीनै तहका सरकार र उपभोक्ता हैरान छन्। तर, कुम्लेखोला पुल निर्माण गरेको वेस्र्टन पपुलर कन्स्ट्रक्सन प्रालिले भने अपवादको रुपमा पटक पटक म्याद थप्ने होइन पहिलो पटक नै म्याद अगावै सक्ने छवि बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?