
पोखरा- कास्कीको पोखरा महानगरपालिका- १३ काहुखोलामा नहरको बाँध भत्किएको छ ।
अविरल वर्षापछि नहरमा पानीको वहाब बढ्दा बाँध भत्किएको हो । बाँध भत्कदा दुई घरमा क्षति पुगेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
उनका अनुसार दीपा लामा र रामचन्द्र बरालको घरमा क्षति भएको हो । ‘मानवीय क्षति भएको छैन’, बरालले भने । बाँध भत्केर केही बेर स्थिती तनावग्रस्त भएको थियो । अहिले नहरको धार पुरानै अवस्थामा फर्काइएको बरालको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार काहुँखोलाका दुवै घर बस्नलाई जोखिमपूर्ण भएका छन् ।
यस्तै पोखराकै भलाममा पनि सूर्यप्रसाद बास्तोलको घर पनि पहिरोले भत्काएको छ । मानवीय क्षति भने भएको छैन ।