हुम्लाका कांग्रेस नेताको पसलमा आगलागी

हुम्लाका कांग्रेस नेताको पसलमा आगलागी
+
-

हुम्ला – नेपाली कांग्रेस हुम्लाको क नम्बर प्रदेशका सभापति मानदेव शाहीको पसलमा आगलागी भएको छ। आइतबार बिहान पाँच बजे लागेको आगलागीबाट पसलमा रहेको सबै समानमा क्षति पुगेको छ।

सर्केगार्ड गाउँपालिका– ४ को गाउँपालिका केन्द्रको झापुकुनामा एउटा सामान भण्डारण गरिएको पसलमा आगलागी हुँदा उक्त क्षति भएको छ।

बिहानै सामान भण्डारी गरिएको ज्ञानु फेस्नी एण्ड स्टेसनरीमा आगलागी हुँदा पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको सो स्टेसनरीका सञ्चालक ज्ञानु शाहीले बताइन्।

शनिबार राति पसल बन्द गरिएको र मान्छे कोही पनि नबसेको अवस्थामा बिहान एक्कासी आगालागी भएको खबर प्राप्त भएपछि आगलागीस्थल जाँदा पसल नै जलिरहेको थियोे। सो पसल २०६७ सालमा स्थापना गरिएको हो।

सर्केगार्ड बजारमा मात्र शाहीका यस्ता तीन वटा पसल छन्। आगलागी भएको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले पसलभित्र भएको कुनै पनि सामान जोगाउन नसकिएको बताए।

आगो लागेको जानकारी पाउने बित्तिकै प्रहरी र सर्वसाधारण पुगेको भए पनि नियन्त्रण गर्न नसकिएको र सवै जलेर नष्ट भएको थियोे। सामान जलेर सकिएपछि आफै नियन्त्रणमा आएको थियो। प्रहरीले मुचुल्का तयार गरिरहेकोले यकिन बिबरण आउन केही समय लाग्ने उनले बताए।

बन्द गरिएको पसलमा आगो कसरी लाग्यो त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पसलमा आगलागी हुँदा शाही भने काठमाडौं थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?