हिउँदमा सुनसान, वर्षामा चहलपहल– मुगुको बुकी पाटन

हिउँदमा सुनसान, वर्षामा चहलपहल– मुगुको बुकी पाटन
+
-

मुगु – मुगुको रमणीय बुकी पाटन हिउँद ऋतुमा सुनसान भए पनि वर्षा ऋतु सुरु हुनासाथ मानिस र पशुबस्तुको कारण चहलपहल शुरू हुने गरेको छ। यस बर्ष पनि असारको पहिलो साता देखिनै मुगुका उच्च पाटन क्षेत्रमा पर्ने लखु, नराईनी, कालामुल, गाईरिटाउनी, रिणमोक्ष र टोटा खर्क मुडेरम्दा, घुच्ची जस्ता पाटन क्षेत्रहरू वर्षातको पानीले हराभरा बनेपछि मानिस र चौपायाको चहलपहल बढ्दै गएको छ।

हिउँदमा चिसो र घाँस अभावका कारण सुनसान रहने यी पाटनहरू वर्षा लागेपछि भेडा, बाख्रा, गाई–भैंसी चराउन उपयुक्त बन्छन्। यसै कारण वर्षात सुरु हुनासाथ भेडापालक किसानहरू बथान लिएर यिनै पाटनमा पुग्छन्। पाटनमा चराएका चौपायाबाट दूध, घ्यू र मासुको राम्रो उत्पादन हुने भएकाले किसानको आम्दानी पनि बढ्छ।

पाटनका डाँडाकाँडामा मौसमी जडीबुटी उम्रिने भएकाले किसानले चौपाया चराउनेसँगै ढोकाया (बाँको), बनलसुन, चिराइतो, भुल्ते, पदमचाल जस्ता जडीबुटी संकलन गरी थप आम्दानी गर्छन्। व्यापारीहरू जडीबुटी खरिद र भेडा–बाख्राको कारोबार गर्न पाटनमै पुग्छन्, जसले व्यापारिक चहलपहल पनि बढाउँछ।

स्थानीय किसानको भनाइमा, “हिउँदमा पाटन सुनसान हुन्छ, तर वर्षा सुरु हुनासाथ यो ठाउँ रमाइलो बजारझैँ हुन्छ। मानिस, चौपाया र व्यापारिक गतिविधिले पाटनमा नयाँ जीवन आउँछ।”

यसैबीच पाटनमा जाने किसान र व्यापारीले नुन, तेल, अन्नपात, पशुखाद्य किनमेल गर्न स्थानीय बजार धाउँछन्। यसले गाउँको बजारमा समेत आर्थिक गतिविधि सक्रिय बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?