
काठमाडौँ – हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने साउन महिनामा देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।
विशेषगरी, साउन महिनाभर भगवान शिवको पूजाआराधना र महिमा गाउने परम्पराअनुसार भक्तजनहरू शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउन व्यस्त देखिन्छन्।
यस महिनामा गेरुवस्त्र धारण गरी खाली खुट्टै जलाशयबाट जल ल्याई शिवलिङ्गमा चढाउने चलन छ। नेपाल र भारतका विभिन्न शिवालयहरूमा ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन्। ‘बोल’ को अर्थ ‘भन’ र ‘बम’ को अर्थ शिवको बीजमन्त्र हो।
काठमाडौँमा सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथ मन्दिरसम्म पैदल यात्रा गरी शिवलिङ्गमा चढाउने गरिन्छ।
परम्परागत रूपमा मधेसी समुदायले बढी मान्ने गरेको यो बोलबम पर्वमा पछिल्लो समय अन्य समुदायका व्यक्तिहरूको पनि सहभागिता बढ्दै गएको छ, जसले धार्मिक सहिष्णुता र सद्भावलाई थप बलियो बनाएको छ।
तस्बिरहरूः