
पोखरा – पोखरामा कोरोन संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ फूलबारीकी ७० वर्षीया वृद्धाको मृत्यु भएको हो ।
पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत ती वृद्धाको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका निर्देशक खिमबहादुर खड्काले बताए।
उनलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि कोरोनकै कारण अस्पताल ल्याइएको भने होइन। उनलाई उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो।
गण्डकीमा गएको जनवरीदेखि हालसम्म ८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ। कास्कीमा ५ जना, बागलुङमा २ जना, स्याङजामा १ जनालाई संक्रमणको पुष्टि भएको थियो । हाल संक्रमितको संख्य शून्य रहेको खड्काले जानकारी दिए।