
नयाँ दिल्ली- भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमहरूले यसको पुष्टि गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुलाई सोमबार दिएको राजीनामामा उनले भनेका छन्: ‘स्वास्थ्यलाई प्राथमिकता दिन र चिकित्सा सल्लाह पालना गर्न म संविधानको धारा ६७(क) बमोजिम तुरुन्तै लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिन्छु।’
धनखरले यस महत्वपूर्ण अवधिमा भारतको उल्लेखनीय आर्थिक प्रगति र अभूतपूर्व विकासको साक्षी हुनु र यसमा भाग लिनु एक सौभाग्य र सन्तुष्टि रहेको पनि बताएका छन्।
७५ वर्षीय धनखडलाई एनडिए गठबन्धनले उपराष्ट्रपति बनाएको थियो।