बंगलादेशसँग हारेपछि आलोचनाको डरले एन्फाले बन्द गर्‍याे ‘कमेन्ट सेक्सन’

बंगलादेशसँग हारेपछि आलोचनाको डरले एन्फाले बन्द गर्‍याे ‘कमेन्ट सेक्सन’
+
-

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकको आलोचनाको डरले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो कमेन्ट सेक्सननै बन्द गरेको छ। एन्फाले फुलटाइम स्कोर  र साफका गतिविधि अपडेट गर्दै कभर फोटो समेत परिवर्तन गरेपनि दर्शकलाइ कमेन्ट गर्नबाट भने रोकेको हो। दर्शकको सम्भावित आलोचनाबाट  जोगिन एन्फाले आफ्नो पोस्टमा कमेन्ट गर्ननै नमिल्ने बनाएको हो।

यू-२० महिला साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल बंगलादेशसँग ४-० को एकतर्फी हार भोग्न बाध्य हुँदै उपविजेतामा सिमित बनेको थियो। बंगलादेशले भने लगातार दोस्रो पटक उपाधि उचाल्दै पछिल्ला वर्षहरुमा देखाएको फुटबल विकासमा उसले फेरी एकपटक उमेर समूहमा समेत आफूलाइ प्रमाणित गर्दै प्रतियोगिताभर अपराजित रहेर च्याम्पियन बन्यो।

बंगलादेशी फुटबलले यो पछिल्लो ७ वर्षमा जितेको पाँचौ ठुलो उपाधि हो। नेपाल भने सिनियर तथा जुनियर स्तरमा समेत उपाधि विमुख हुँदै आएको छ। पछिल्लो समय एन्फाका हरेक जसो निर्णयहरु विवादास्पद बन्दा उसको तिब्र आलोचना हुने गरेको छ।

केही समय अघि एसियाकप छनोटमा नेपाल निर्णायक खेलमा पेनाल्टी सुटआउटमानै स्तब्ध बन्दा महत्वपूर्ण अवसरबाट बञ्चित भएको थियो। यस्तोमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फाको कडा आलोचना गर्दै एन्फा नसुध्रिए नेपाली फुटबल कहिले उभोँ नलाग्ने बताएका थिए। उनको कडा आलोचनासँगै उनले एन्फालाइ राजीनामा दिने बताउँदै आएका छन्। एन्फा स्रोतले उनले महासचिवलाइ राजीनामा पठाएको तर आलोचनाकै डरले एन्फाले आधिकारीक रुपमा उनको राजीनामा स्विकृत गरेको नगरेको बारे केही बताएको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?