नेपालको व्यापार घाटा १५ खर्ब, निर्यात ८१ प्रतिशतले बढ्यो

नेपालको व्यापार घाटा १५ खर्ब, निर्यात ८१ प्रतिशतले बढ्यो
+
-

काठमाडौँ – नेपालको वैदेशिक व्यापारघाटा आर्थिक वर्ष २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्बभन्दा बढीले वृद्धि भएको हो।

नेपालले वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब व्यापार घाटा व्यहोरेको छ। अघिल्लो वर्षको तुलनामा यो व्यापार घाटा ६ प्रतिशतले बढेको हो।

नेपालले खासगरी, भारत, चीनलगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ। परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ।

नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो। भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ। यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ। २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो। अघिल्लो आ.व. २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?