बीपीकाे आत्मवृत्तान्तका पात्रलाई बचाउने पुस्तक ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’

बीपीकाे आत्मवृत्तान्तका पात्रलाई बचाउने पुस्तक ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’
+
-

लेखक भुवन ढुंगानाको नयाँ कृति ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ मंगलबार राजधानीमा लोकार्पण गरिएको छ।

बीपी काेइराला स्मृति दिवस- ८२ काे अवसरमा सांसद तथा बीपीका छाेरा सशांक काेइराला, शिक्षाविद् केदारभक्त माथेमा, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता केशवप्रसाद भणडारी, पत्रकार किशाेर नेपाल र लेखक भुवन ढुंगानाले एकसाथ पुस्तककाे लाेकार्पण गरेका हुन्।

बीपीकाे नाममा समर्पित गर्नकै लागि बीपी काेइराला स्मृति दिवसका दिन पुस्तक सार्वजनिक गरेकाे लेखक ढुंगानाले बताइन्।

उनले भनिन्, ‘याे किताब बीपीलाई समर्पण गरेकाे छु। याे दिवसलाई अवसर पारेर किताब सार्वजनिक गर्ने साेच राखेकाे हुनाले किताबलाई मैले एक महिनामा सके‌काे थिएँ, याे नितान्त साहित्यिक किताब हाे।’

बीपीले लेखेकाे आत्मवृत्तान्तमा थुप्रै पात्रहरु छन् जाे आजकाे समाजमा पनि त्यतिकै संघर्षशील छन्, त्यस्ता पात्रलाई पात्र बनाएर लेख्ने शैली लेखक ढुंगfनामा रहेकाे बताए बक्ता माथेमाले।

उनले भने, ‘ढुंगfनाले केही महत्वपूर्ण पात्रका परिचय र महत्वलाई स्थापित गर्नु भएकाे छ।’

उनले बीपीकाे पनि खुलेर प्रशंसा गरे। बीपी नेपाली साहित्यकाे अग्लाे कद भएकाे लेखक तथा राजनीतिज्ञका रुपमा लिएकाे बताए माथेमाले।

‘बीपी मेराे लागि अत्यन्तै आदर्श पात्र थिए । जीवनमा एकपटक प्रत्यक्ष भेटें। अहिले पनि थकथकी लाग्छ बीपीलाई पटक-पटक किन भेट्न पाइँन भनेर,’ माथेमाले भने।

माथेमाले आफूले भेट्न जाँदा स्केच बनाएर लगेकाे पनि स्मरण गरे।

उनी भन्छन्, ‘भर्खर प्रजातन्त्र आएकाे थियाे। हामी उहाँलाई भेट्न जाँदै थियाै। मैले के लैजाने हाेला भन्दा भन्दै आफैले बनाएकाे स्केच लिएर गएँ।’

‘जति पढे त्यति वृहत लाग्नु हुन्छ बीपी’, माथेमाले भने, उहाँलाई पहिलाे पटक टेलिग्राममा पढेकाे थिएँ। म कमै नेपाली साहित्य पढ्छु। तर बीपीकाे सबै पुस्तक पढेकाे छु। उहाँ जत्तिकाे व्यक्ति नेपालमा सायदै छन्।’

बीपीलाई नेपाली साहित्यमा कालजयी पात्रकाे रुपमा चिनेकाे बताए सांसद सशांक काेइरालाले।

डाक्टरी पढेर पनि राजनीतिमा लागेकाे कुरा जाेड्दै सशांकले भने, ‘बीपीकाे पुत्र भएकाले राजनीतिमा त आएँ तर लेख्न सकिनँ। लेखन मेराे क्षमताले भ्याउँदैन। र पनि लेख्ने काेसिस गरेकाे छु,’ उनले भने।

चिकित्सा क्षेत्रमा नै बढी सन्तुष्टि हुने गरेकाे बताउँदै उनले भने, ‘राजनीति अन्याैलकाे खेल हाे । आफूले साेचेकाे जस्ताे हुँदैन। बरु डाक्टरी त साेचेकाे जस्ताे पेशा त हुन्छ।’

बीपी राजनीतिमा जति गम्भीर थिए त्यतै नै परिवार, सन्तान र समाजप्रति गम्भीर भएकाे बताए सशांकले।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले समाज अहिले पनि बदलिन नसकेकाे बताए। उनले भने, ‘समाज अझै रुपान्तरण हुन सकेकाे छैन। त्यसैले त पछिल्लाे पचास वर्षदेखि बीपीकै कुरा घनिभूत चलिरहेकाे छ।’

लेखक ढुंगाना नेपाली साहित्यमा स्थापित नाम हाे। माैलिक चिन्तन, अभिव्यक्तिकाे सुललित भाषा र राेचक प्रस्तूतिले उनलाई नेपाली साहित्यमा स्थापित गरेकाे छ। पूर्वसभामुख स्वर्गीय दमननाथ ढुंगानाकी श्रीमती लेखक ढुंगानाका थुप्रै साहित्यिक पुस्तक प्रकाशित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?