सगरमाथा सफाइ अभियानमा सक्रिय छिरिङ शेर्पा देशसञ्चार चौतारीमा यसपटकको अतिथि बनेका छन्। उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यकारी प्रमुखका रूपमा विश्वको सर्वोच्च शिखरबाट हिउँतुल्य भएका फोहोरलाई निकालेका छन्। देशसञ्चार चौतारीमा सहकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले सगरमाथा फोहोर नियन्त्रणका अभियानबारे जानकारी दिएका छन्।
जलवायु परिवर्तनका कार्यक्रमहरू विदेशमा रचिने तर गाउँमा कार्यान्वयन गरिने र यसबाट समस्या उत्पन्न हुने उनले कुराकानीका क्रममा बताए।
जलवायु परिवर्तन भनेको हिमाल पग्लिनेमात्र नभई अन्य धेरै मुद्दा रहेको उनले जिकिर गरे। सगरमाथा आरोहणमा क्रममा ज्यान गुमेका आरोहीहरूलाई तल ल्याउन समस्या हुने उनले चौतारीका क्रममा बताए। एकवर्षमै १९ जनासम्म आरोहीले ज्यान गुमाएको उनले जानकारी दिए। सगरमाथामा अहिले पनि ३ सय शव रहेको उनले देशसञ्चार चौतारीका क्रममा बताए।
सगरमाथाबाट गत वर्ष ८३ टन फोहोर निकालेको उनले जानकारी दिए। सगरमाथामा विदेशीले बढी फोहोर थुपार्ने तर सगरमाथा फोहोरको थुप्रो रहेको भाष्य सिर्जना गरेको उनले देशसञ्चार चौतारीका क्रममा सुनाए।
हिमालमा अक्सिजन कम हुने र सुतेको सुत्यै मानिसको ज्यान जानसक्ने पनि उनले बताए। विदेशीहरू कम्तीमा एक वर्षको तयारी गरेर हिमालमा आउने तर नेपालीहरूले राम्रो तयारी नगर्ने पनि उनले देशसञ्चार चौतारीका क्रममा बताए।
पूरा भिडियो: