सुर्खेतमा डेङ्गुको संक्रमण बढ्दै

सुर्खेतमा डेङ्गुको संक्रमण बढ्दै
+
-

हुम्ला – कर्णाली प्रदेशको राजधानी सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै गएका छन्। गत वर्ष सुर्खेतमा एक हजार ८३३ जना डेङ्गु सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा डेङ्गु सङ्क्रमित एक हजार ८३३ जनामा सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका भित्रका एक हजार ४१६ जना सङ्क्रमित रहेका थिए ।

त्यसपछि गुर्भाकोट नगरपालिकामा १४३ जना, पञ्चपुरी नगरपालिकामा १३५ जना, लेकबेँसी नगरपालिकामा ३८ जना, भेरीगङ्गा नगरपालिकामा २९ जना, बराहताल गाउँपालिकामा १७ जना, चौकुने गाउँपालिकामा ११ जना, चिङ्गाड गाउँपालिकामा नौ जना र सबैभन्दा कम सिम्ता गाउँपालिकामा छ जना सङ्क्रमित फेला परेका थिए।

तीमध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग सम्पर्क ब्यक्ति उदय बिसीले जानकारी दिए। ०७७/७८ मा ६३९ जना सङ्क्रमित फेला परेकोमा आव २०७८/७९ मा बढेर एक हजार ३२२ पुगेको थियो। यस्तै ०७९/८० मा एक हजार ४८४ जना फेला परेका थिए भने २०८०÷८१ मा घटेर ५७१ जनामा झरेको कार्यालयले जनाएको छ।

परीक्षणको दायरा बढ्दै जाँदा डेङ्गु सङ्क्रमणका बिरामी पनि बढ्दै गएको पाइएको हो। डेङ्गु सङ्क्रमण बढ्दै जान थालेपछि सरकारले साउन महिना, डेङ्गु सचेतना महिना घोषणा गरी डेङ्गु रोकथाम र नियन्त्रणका उपाय सार्वजनिक गरेको छ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार डेङ्गुको औषधी र खोप नबनेको हुँदा व्यक्तिगत तथा सामाजिक सरसफाइ नै रोकथामको मुख्य उपाय रहेको छ। खोज र नष्ट गर्ने विधि नै उपयुक्त भएकाले पानी जमेका स्थलको पानी फाल्ने, व्यक्तिगत तथा सामाजिक सरसफाइमा ध्यान दिन कार्यालयले आग्रह गरेको हो।

वर्षायाममा पानी बढी पर्ने र जम्मा हुने क्रम पनि बढ्ने हुँदा साउनदेखि असोजसम्म सङ्क्रमणको जोखिम निकै बढ्ने गर्दछ। तसर्थ पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने विधि यो अवधिमा पनि निरन्तर जारी राख्न सके डेङ्गु सङ्क्रमणको रोकथाम सहज हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?