बीवाईडी र फुटबल क्लब इन्टर मिलानबीच तीन वर्षको साझेदारी

बीवाईडी र फुटबल क्लब इन्टर मिलानबीच तीन वर्षको साझेदारी
+
-

अग्रणी विद्युतीय सवारी साधन कम्पनी बीवाईडीले फुटबल क्लब इन्टर मिलानसँग तीनवर्षे रणनीतिक साझेदारी सुरु गरेको छ। अब बीवाईडी उक्त क्लबको ग्लोबल अटोमोटिभ पार्टनर बनेको छ।

बलियो विश्वव्यापी चरित्रको यो साझेदारीले संसारभरि लोकप्रिय रहेका दुई ब्रान्डहरूबीच तालमेल सिर्जना गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। विश्वव्यापी रूपमा ५ सय ३३ मिलियनभन्दा बढी प्रशंसकहरू भएको इन्टर मिलान , विगत पाँच वर्षमा फ्यान बेस वृद्धिको लागि विश्वव्यापी फुटबल क्लबहरू मध्ये दोस्रो हो। बीवाईडीको मुख्यालय रहेको चीनमा पनि इन्टर मिलान  एक लोकप्रिय टोली हो।

 बीवाईडीले नयाँ ऊर्जा सवारी साधनमा प्राविधिक नेताको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ। २०२४ मा यसका ४२ लाखभन्दा बढी सवारी साधन बिक्री भएका छन् – जुन अघिल्लो वर्षको तुलनामा ४१% बढी हो। यस वर्षको पहिलो छ महिनामा पनि २० लाखभन्दा बढी कारहरू बिक्री भइसकेका छन्।  बीवाईडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले भनिन्: ‘बीवाईडी नामको अर्थ ‘आफ्नो सपनाहरू निर्माण गर्नुहोस्’ हो, र मलाई लाग्छ कि यो साझेदारी युवाहरूका लागि, फुटबलप्रति जोश भएका सबैका लागि सपना हो।’ उनले बीवाईडी जलवायु परिवर्तनसँग लड्ने र पृथ्वीलाई एक डिग्रीले चिसो पार्ने सपनाको साथ एक विश्वव्यापी हरित प्रविधि कम्पनी रहेको पनि बताइन्। बीवाईडीमा १ लाख २० हजार इन्जिनियरले काम गर्छन्।  त्यस्तै इन्टर मिलानका प्रमुख जियोर्जियो रिक्कीले भने-  ‘हामी यो नयाँ साझेदारीको घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं, जसले भविष्यतर्फ निरन्तर अभियान र उत्कृष्टताको खोजीद्वारा एकताबद्ध दुई विश्वव्यापी समूहहरूलाई जोड्छ।’

बीवाईडी समूहले व्यवस्थापन, प्राविधिक कर्मचारी र पहिलो-टोलीका खेलाडीहरूलाई सुसज्जित गर्न लगभग ७० वटा सवारी साधनहरू इन्टर मिलानलाई प्रदान गर्नेछ।  इन्टर मिलानसँगको यो साझेदारी अन्तर्राष्ट्रिय फुटबलमा उपस्थिति स्थापित गर्ने बीवाईडी समूहको रणनीतिसँग मिल्दोजुल्दो छ। बीवाईडी युरो २४ र युरोपेली अन्डर- २१  च्याम्पियनशिप २०२५ को आधिकारिक प्रायोजक हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?