मेयर र प्रतिष्ठान आमनेसामने

छाताचोकको जग्गा नगरपालिकाको कि बिपी प्रतिष्ठानको?

छाताचोकको जग्गा नगरपालिकाको कि बिपी प्रतिष्ठानको?
+
-

काठमाडौँ– जग्गा हडपेको किन? के पारा हो यो? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्र सार्वजनिक गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बुधबार (साउन ७ गते) फेसबुक स्टाटस लेखे।

स्वास्थ्य मन्त्रायलाई लेखेको पत्रमा धरान उपमहानगरपालिका १ छाताचोकमा रहेको नगरको जग्गा बदमासी गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको र उक्त जग्गा फिर्ता गर्न माग गरिएको छ।

स्वास्थ्य मन्त्रालयलाई लेखिएको पत्र प्रधानमन्त्री, मुख्यमन्त्री कार्यालय, कोशी प्रदेश र प्रतिष्ठानलाई बोधार्थ पठाइएको छ।

त्यसबाहेक जग्गाका विषयमा कुनै जानकारी खुलाइएको छैन। नगरको जग्गा कहिले? कसले प्रतिष्ठानलाई दिएको, किन दिएको त्यसबारेमा पत्रमा छैन। बरु पत्रमा नगरको अभिभावकका रुपमा प्रयोग गरिने शब्दशैली छैन।

धरान उपमहानगरको पत्र

मेयर साम्पाङले मन्त्रालयलाई पत्र लेख्दै जग्गा फिर्ताको माग गरेपछि र हडपेकोलगायत आरोप लगाएपछि प्रतिष्ठानले प्रतिवाद गरेको छ। प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै साम्पाङले प्रयोग गरेको शब्दप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।

जग्गा कसको?

स्वास्थ्य सेवा उपलब्ध गराउने र चिकित्सा शिक्षा अध्ययनका लागि भारत सरकारको सहयोगमा २०४७ साल फागुन ३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठान खुल्नुअघि नै छाताचोकमा नगर अस्पताल थियो।

छाताचोकमा अहिले पनि धरान उपमहानगरकै स्वास्थ्य चौकी छ जहाँ बर्थिङ सेन्टर सञ्चालन भइरहेको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले बताए।

छाताचोकमा रहेको १ बिघा ४ कट्ठा १३.१ धुर जग्गा २०४८ साल माघ ४ गतेको तत्कालीन सरकारले प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय गरेको थियो। पहिले यहाँ धरान अस्पतालसमेत थियो जहाँ प्रतिष्ठानले ओपीडी सेवा सञ्चालन गरेको थियो।

प्रतिष्ठानको विज्ञप्ति

‘विगतमा प्रतिष्ठानले पुरानो धरना अस्पतालमा ओपीडी सेवा संचालन गरेको तर धरान नगरवासीहरूको प्रतिष्ठानमै सेवा लिन आउने चाहना रहेको र त्यहाँ विरामीको संख्या न्युन हुँदै जाँदा तत्कालिन अवस्थामा ओपीडी स्थगन भएको थियो’, प्रतिष्ठानले जारी विज्ञप्तिमा भनिएको छ।

अस्पतालको दाबीअनुसार मेयर साम्पाङले भनेजसरी कुनै बदमासी गरेर जग्गा प्रतिष्ठानले लिएको होइन। तत्कालीन सरकारले निर्णय गरेपछि जग्गा प्रतिष्ठान भएको हो।

उक्त जग्गालाई तीन दशकपछि मेयर साम्पाङले फिर्ता माग्दै संघीय सरकारलाई पत्र लेखेका छन्। पत्रका विषयमा सञ्चारमाध्यमबाट थाहा पाइसकेको भए पनि पत्र मन्त्रालयमा प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनले पत्र प्राप्त भएपछि जग्गाका विषयमा थप अध्ययन हुने र महानगरले भनेअनुसार फिर्ता गर्न सकिने कि नसकिने भन्नेमा टुङ्गो लाग्नेब बताए।

जग्गा फिर्ता हुन सक्छ?

जग्गा प्रतिष्ठानका नाममा दर्ता भइसकेको छ। धरान उपमहानगरपालिकाले चाहेर मात्र जग्गा फिर्ता हुन सक्दैन। यसका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय सरकार सकारातम्क हुनुपर्छ। संघीय सरकारले निर्णय गरेमात्र जग्गा नगरको नाममा फिर्ता हुने हो।

जग्गा फिर्ता गर्ने विषयमा प्रतिष्ठान र संघीय सरकार नकारात्मक देखिएका छैनन्। बुधबार प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै नगरसँग सहकार्य गर्न तयार रहेको बताएको छ। ‘पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आम धारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा सम्वाद तथा छलफल हुँदा प्रतिष्ठान सधैं सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने छ’, विज्ञप्तिमा छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले धरानको हितका लागि संघीय सरकारले जग्गा फिर्तासम्मको निर्णय गर्न तयार रहेको बताए। तर त्यसभन्दा अघि अध्ययन गर्नुपर्ने उनको भनाइ छ।

जग्गा फिर्ताका लागि पहिले धरान उपमहानगरले संघीय सरकारलाई प्रस्ताव पठाउनुपर्छ। तर अहिलेसम्म प्रस्ताव संघीय सरकारलाई नपठाइएको धरान उमहानगरका प्रमुख प्रशासकीय अधिकृत चौलागाईले बताए।

प्रस्ताव नपठाए मेयर साम्पाङले स्वास्थ्यमन्त्रालयलाई जग्गा फिर्ता गरिपाऊँ भन्दै पत्र लेखेका छन्।

जग्गा फिर्ता गराउन प्रदर्शन सुरु

कानुनी प्रकृया पुर्‍याउने भन्दा पनि मेयर साम्पाङ शब्दशैलीले अपमान गर्ने र प्रदर्शन गर्नेतिर उद्दत छन्। उनले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्नुअघि नै जग्गा फिर्ताका लागि प्रदर्शन गर्न आह्वन गरिसकेका थिए।

साउन ६ गते सामाजिक फेसबुकलमा लेख्दै उनले भनेका थिए ‘भोलिदेखि वीपी अस्पतालले हाम्रो पुरानो अस्पताल आफ्नो नाममा जग्गा सुटुक्कै लगेकोविरुद्ध प्रदर्शन गर्दै जग्गा फिर्ता गर्न दवाव दिऔँ ! नगर अस्पताल खोल्नु परो के हाम्ले पनि!’

त्यसपछि धरानमा जग्गा फिर्ता गर्ने भन्दै प्रदर्शन भएको भिडियोहरू सार्वजनिक भइरहेको छ।

तस्बिर: सत्य गुरुङ फेसबुक पेजबाट साभार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?