महाभारतका महापात्र कर्णमाथि लेखिएको उपन्यास ‘सूतपुत्र’ सार्वजनिक

महाभारतका महापात्र कर्णमाथि लेखिएको उपन्यास ‘सूतपुत्र’ सार्वजनिक
+
-

काठमाडौँ- महाभारतका महापात्र कर्णबारे लेखिएको उपन्यास ‘सूतपुत्र’ सार्वजनिक भएको छ ।

पूर्वीय दर्शनमा कलम चलाउँदै आएका पाल्पाका प्राध्यापक तथा साहित्यकार डा. शङ्करप्रसाद गैरेद्वारा लिखित यस उपन्यासमा कर्णले विभेदयुक्त परिवेशमा बाँच्न गरेको सङ्घर्ष र त्यसको उपलब्धीलाई चित्रण गरिएको छ ।

महाभारतको जगमा मिथकीय पात्र र परिवेशको व्याख्या गरिएको विशद उपन्यास सूतपुत्र लेख्नलाई कर्णको सङ्घर्षपूर्ण जीवन र पात्रताले बल प्रदान गरेको लेखक गैरे बताउँछन् । उनी भन्छन्, “सूतपुत्र पौराणिक आख्यानमात्र होइन, समाजमा युगौंदेखि जरा गाडेको जातीय अतिवाद विरुद्धको आवाज हो । मानवताको आग्रह हो । प्रेम, मित्रता, इमानको अभिव्यक्ति हो । मेरो लामो साधनाको प्रतिफल यस उपन्यासले नेपाली साहित्यमा एउटा नयाँ बहसको आरम्भ गर्नेछ र न्यानो स्वागत, सम्मान पाउनेछ भन्ने विश्वास छ ।”

उपन्यासबारे लेखक तथा कर्णकै विषयमा महाकाव्यको सृजना गरेका डा. नवराज लम्साल भन्छन्, “जीवनमा पटक-पटक हारेर पनि आत्मा नहार्ने ताकत भएका पात्र हुन् कर्ण ! च्यातिँदा च्यातिँदा पनि नसकिने तर च्यात्नेहरूभन्दा माथिको प्राप्तिलाई प्रेरणामा बदल्ने ल्याकत भएका मिथकीय पात्रलाई दलनको आँखाबाट गरिएको व्याख्या अति सुन्दर छ । आख्यानमा शङ्करप्रसाद गैरेको जबर्जस्त हस्तक्षेत हो यो । यसले आफ्नो इतिहास बनाउनेछ ।”

पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन गर्ने २६० पृष्ठको सूतपुत्रको बजारमूल्य ६०० रुपैयाँ रहेको छ । उपन्यास बुकहिल पब्लिकेशनले प्रकाशन गरेको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’