चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी: नेपालमै प्रिमियम स्न्याक्स उत्पादन हुने

चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी: नेपालमै प्रिमियम स्न्याक्स उत्पादन हुने
+
-

काठमाडौं – नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ।

५०-५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्।

दुवै कम्पनीले नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न संयुक्त रूपमा पूँजी लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने विश्वास लिएका छन्।

सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले रोजगारी सिर्जना गर्ने, आपूर्ति श्रृंखलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्ने बताए।

बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्त्वपूर्ण उपलब्धि हो।

सीजीको बलियो बजार नेतृत्व र गहिरो स्थानीय बुझाइको संयोजनले नेपाली उपभोक्ताका लागि गुणस्तरीय र सुलभ उत्पादन पुर्‍याउन सक्षम बनाउने उनले बताए।

नेपालको एफएमसीजी बजार वार्षिक २० प्रतिशतको दरले वृद्धि भइरहेको र १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको सन्दर्भमा, यो साझेदारीले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उद्यमशीलता र आपूर्ति श्रृंखलालाई सुदृढ बनाउनेछ।

दुवै कम्पनीले नवप्रवर्तन प्रवर्द्धन, समुदाय सशक्तीकरण र नेपालको आर्थिक तथा औद्योगिक वृद्धिमा योगदान पुर्‍याउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?