एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्कीले जितिन् १ करोड रुपैयाँ

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा धादिङकी पार्वती कार्कीले जितिन् १ करोड रुपैयाँ
+
-

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको ‘सधैँ अन करोडपति’ योजनाअन्तर्गत धादिङको गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपिपलकी पार्वती कार्कीले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्नुभएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा उहाँलाई उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।

पुरस्कार जितेपछि खुसी व्यक्त गर्दै कार्कीले भनिन्, “कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने मलाई आज साँच्चै हाम्रो पनि दिन आयो भन्ने लागेको छ।” उनले जीवनमा धेरै सङ्घर्ष र दुःख भोगेको बताइन्। करिब आठ वर्षअघि एनसेलको सिम किनेकी कार्कीले असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक खरिद गरेपछि स्वतः यस योजनामा सहभागी भएकी थिइन्।

२०७२ सालको भूकम्पमा आफ्नो एक महिना दुई दिनको कान्छो छोरा गुमाएकी कार्कीको घर पनि भूकम्पले भत्काएको थियो। आर्थिक अवस्था झन् बिग्रिएपछि उनले ऋण गरेर श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाएकी थिइन्। गाउँमा खेतीपाती गर्ने र महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्ने कार्कीका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टु अध्ययनरत छन्।

एनसेलका प्रमुख फाइनान्सियल अफिसर इनामुल कबिरले कार्कीलाई बम्पर पुरस्कारबापतको १ करोड रुपैयाँ हस्तान्तरण गरे। पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन्। “मैले जीवनमा कैयौँ दुःखहरू भोगेकी छु, तर कहिल्यै हार नमानि परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ,” उनले भने, “मेरो सोच र सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो जस्तो लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु।”

श्रीमान्लाई विदेश पठाउनुअघि उनले केही समय काठमाडौँमा व्यापार पनि गरेकी थिइन्। तर, केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि उनले श्रीमान्लाई फेरि विदेश पठाएकी हुन्। “अहिले पनि श्रीमान् विदेशमा हुनुहुन्छ र अन्य ऋणहरू पनि बाँकी छन्, श्रीमान्को स्वास्थ्य पनि राम्रो छैन,” उनले सुनाइन्, “अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनुपर्ने छैन, नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ। छोराको शिक्षामा लगानी गर्नेछौँ।”

एनसेलको यस योजनामा कार्कीले बम्पर नगद पुरस्कार जित्नुभएको हो भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही १ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार १२ हप्ताका लागि सञ्चालनमा ल्याइएको यो योजना पाँचौँ हप्तामा नै साउन १ गतेदेखि बन्द गरिएको थियो।

“सधैँ अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हामी हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा अत्यन्तै खुसी छौँ,” एनसेलका प्रमुख फाइनान्सियल अफिसर इनामुल कबिरले भने। उनले सम्पूर्ण एनसेल परिवारका तर्फबाट पार्वती कार्कीलाई हार्दिक बधाई दिँदै उनको कथा आशाको कथा भएको बताए।

उनले भने, “यसले हाम्रो वचनप्रतिको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ। उहाँको यात्रामा भाग्यशाली हुन पाउँदा हामी हर्षित छौँ। उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु। उहाँका श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौँ।”

उपभोक्ताहरूको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रै यस योजनामा सहभागिता जनाएका ग्राहकहरूलाई कम्पनीले प्रतिबद्धता जनाएअनुसार विजेता घोषणा गरी पुरस्कृत गरेको हो। कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना १ लाख रुपैयाँ विजेता ग्राहकहरूलाई पनि प्रमाणीकरण प्रक्रिया पूरा गरी पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?