युद्धविरामको आह्वानबिच थाई-कम्बोडिया बिच तेस्रो दिनपनि भिडन्त जारी

युद्धविरामको आह्वानबिच थाई-कम्बोडिया बिच तेस्रो दिनपनि भिडन्त जारी
+
-

थाईल्यान्ड र कम्बोडियाबिच सीमा क्षेत्रमा भइरहेको भिडन्त तेस्रो दिनसम्म पनि जारी रहेको छ। शनिबार थप नयाँ स्थानमा तनाबहरु देखिएका छन्। यो सँगै विस्तारै युद्ध ग्रस्त क्षेत्र लम्बिंदै गएको छ। दुवै पक्षले आफूहरू आत्मरक्षामा कारबाहीमा उत्रिएको दाबी गर्दै, एक-अर्कालाई युद्ध रोक्न र वार्तामा बस्न आह्वान गरेका छन्।

पछिल्ला १३ वर्षमा यी दक्षिणपूर्वी एसियाली छिमेकीबीच भएको यो सबैभन्दा ठूलो हिंसात्मक झडप हो, जसमा हालसम्म कम्तीमा ३० जनाको ज्यान गइसकेको छ र १ लाख ३० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

शनिबार बिहान थाई नौसेनाले समुद्री प्रदेश त्राटमा झडप भएको जनाएको छ, जुन लामो समयदेखि विवादित रहेको सीमाको अन्य झडपस्थलहरूभन्दा करिब १०० किलोमिटर टाढा रहेको नयाँ मोर्चा हो।

मे महिनाको अन्त्यतिर भएको एउटा छोटो झडपमा एक कम्बोडियाली सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव चर्किएको हो। त्यसयता दुवै पक्षका सैनिकहरू सीमामा थपिएका छन्, र यस तनावले थाइल्याण्डको नाजुक गठबन्धन सरकारलाई नै पतनको संघारसम्म पुर्‍याउने गरी कूटनीतिक संकट सिर्जना गरिदिएको छ।

शनिबारसम्म थाइल्याण्डमा मृत्यु हुनेको सङ्ख्या १९ नै कायम रहेको छ, भने कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले भिडन्तमा पाँच जना सैनिक र आठ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

थाइल्याण्डको सिसाकेत प्रान्तको कान्थ्रालाक जिल्लामा भएका झडपहरू पछि सहरनै खाली भएको दाबि गरिहएको छ। एक होटल कर्मचारी चियानुवत थालाको भनाइ उदृत गर्दै रोयटर्सले जनाए अनुसार सहर लगभग खाली भइसकेको छ।

चयानुवत थालाले भने ‘प्रायः सबैजना यहाँबाट गइसकेका छन्, यो सहर प्रायः सुनसानजस्तै भइसकेको छ।’ ३१ वर्षका चियानुवत थालालाईले रोयटर्ससँग भने। ‘मेरो होटल अझै खुलै छ, विशेषगरी सीमावर्ती क्षेत्रमा बस्नुपर्ने केही व्यक्तिहरूका लागि।’

शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा थाइल्याण्डका राजदूतले बताएअनुसार जुलाईको मध्यदेखि हालसम्म दुईपटक थाई भूभागमा हालसालै गाडिएका बारुदी सुरुङ विस्फोट हुँदा उनीहरुका सैनिकहरू घाइते भएका छन्। यद्यपि कम्बोडियाले ती आरोपहरू कडा रूपमा अस्वीकार गरेको छ। उनले भने, कम्बोडियाले त्यसपछि बिहीबार बिहान आक्रमण सुरु गरेको हो।

‘थाइल्याण्डले कम्बोडियालाई सबै प्रकारका द्वन्द्व र आक्रमण तुरुन्त रोक्न, र इमान्दारिताका साथ वार्ता पुनः सुरु गर्न आग्रह गर्दछ।’  थाइल्याण्डका प्रतिनिधि चेर्दचाइ चाइवैभिडले सुरक्षा परिषद्लाई सम्बोधन गर्दै मिडियालाई जारी गरिएको वक्तव्यमा भनिएको छ।

दशकौं पुरानो विवाद युद्धमा बदलियो

कम्बोडियाको रक्षा मन्त्रालयले भने थाइल्याण्डले बिहीबार ‘जानाजान, अकारण, र अन्तर्राष्ट्रिय कानुनविपरीत सैन्य आक्रमण’ गरेको दाबी गरेको छ, र अहिले थाई सीमामा थप सेना र सैन्य उपकरण परिचालन गरिरहेको आरोप लगाएको छ।

‘यी योजनाबद्ध सैन्य तयारीहरूले थाइल्याण्डको आक्रामकता विस्तार गर्ने मनसाय र कम्बोडियाको सार्वभौमिकताको थप उल्लङ्घन गर्ने उद्देश्यलाई स्पष्ट रूपमा देखाउँछन्।’ कम्बोडियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्तिमा भनेको छ।

कम्बोडियाले अन्तर्राष्ट्रिय समुदायलाई थाइल्याण्डको ‘आक्रामणलाइ कडा रूपमा निन्दा गर्न’ र थाइल्याण्डको सैन्य गतिविधिहरूको विस्तार हुन नदिन आग्रह गरेको छ।

बैंककले भने विवादको समाधान आपसी वार्तामार्फत खोज्न चाहेको दोहोर्याउँदै सुरक्षा परिषद्लाई कम्बोडियाले जानाजान सार्थक वार्ताबाट टाढा रहनु र यस विषयलाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु दुःखद भनेको छ।

थाइल्याण्ड र कम्बोडियाबीच ८१७ किलोमिटर लामो भूमि सीमाका विभिन्न अस्पष्टरूपमा निर्धारण नभएका बिन्दुहरूमा अधिकारको विषयमा दशकौँदेखि विवाद चलिरहेको छ। यी विवादहरूमा प्राचीन हिन्दू मन्दिरहरू  ता मोअन थोम र ११औँ शताब्दीको प्रेह विहेयर मन्दिर मुख्य केन्द्रविन्दु हुन्।

१९६२ मा अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले प्रेह विहेयर मन्दिर कम्बोडियालाई दिएको थियो। तर २००८ मा कम्बोडियाले उक्त मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न खोजेपछि तनाव पुनः चर्कियो।

त्यसपछि केही वर्षसम्म साना-ठूला झडपहरू भइरहे, जसमा कम्तीमा दर्जनौँ मानिसको ज्यान गएको थियो।

कम्बोडियाले यस वर्ष जुन महिनामा अन्तर्राष्ट्रिय अदालतसँग थाइल्याण्डसँगका विवाद समाधान गर्न आग्रह गरेको जनाएको थियो। तर थाइल्याण्डले भने उक्त अदालतको क्षेत्राधिकारलाई कहिल्यै मान्यता नदिएको र आपसी वार्तामार्फत समाधान खोज्न रुचाउने बताउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?