मधेश प्रदेशमा खडेरीको चपेटा: ४७ प्रतिशत मात्र धान रोपाइँ, किसान चिन्तित (तस्बिरहरू)

मधेश प्रदेशमा खडेरीको चपेटा: ४७ प्रतिशत मात्र धान रोपाइँ, किसान चिन्तित (तस्बिरहरू)
+
-

जनकपुरधाम – देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका अनुसार हालसम्म प्रदेशभर जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।

लामो समयदेखि पानी नपर्दा महोत्तरीका किसानहरू विशेषगरी चिन्तित बनेका छन्। जिल्लामा करिब ३० प्रतिशतमात्रै रोपाइँ भएको छ। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार ९७७ हेक्टरमा खेती हुँदै आएको छ।

जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवा, स्यालो ट्युबवेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि समग्र जिल्लाको अवस्था सन्तोषजनक छैन।

पानी नपर्दा किसानले लगाएका धानका ब्याड सुक्न थालेका छन् भने फाट्टफुट्ट रोपाइँ भएका खेतमा समेत धाँजा फाट्न सुरु भएको छ। महोत्तरीको मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका अधिकांश खेतहरू सुख्खा छन् भने पम्पसेटको सहायताले रोपाइँ गरिएका खेतहरूमा पनि धाँजा फाटेका छन्।

स्थानीय इस्लाम कवाडीका अनुसार, यस वर्ष खेतीका लागि मात्र नभई पिउनका लागि पनि कलमा पानी आउन छोडेको छ। “खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने, खै यो साल त खेती हुँदैन होला,” उनले निराशा पोखे। त्यस्तै, स्थानीय शान्ति खतवाको खेतमा पनि यस वर्ष खडेरी र सुख्खाका कारण खेती हुन सकेको छैन। “पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपे पनि हामीहरू आकाशको पानीमै भर पर्नु परेको छ,” उनले सुनाइन्।

यसैबीच, मधेश प्रदेश सरकारको सिफारिसमा सङ्घीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शुक्रबार) मधेशको सुख्खाग्रस्त क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरे। 

सो क्षेत्रका किसानहरू अहिले पानीका लागि प्रार्थना गरिरहेका छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र सहायताको प्रतीक्षामा छन्।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?