रोटरीयनहरूले एकै दिनमा ५० हजार बिरुवा रोपे

रोटरीयनहरूले एकै दिनमा ५० हजार बिरुवा रोपे
+
-

काठमाडौं –   नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५० हजारभन्दा बढी बिरुवा रोपेका छन्। वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै वृक्षरोपण अभियान ३२९२-जिल्ला-व्यापी लक्ष्य अनुसार एकैदिन सम्पन्न गरिएको हो।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल-भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई जिल्लाका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो। जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथै रोटरीयनहरू र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रता अझ बलियो बनाउने अभियानको मूल उद्देश्य थियो।

“यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,” गभर्नर कोइरालाले भने। “देशभरबाट देखिएको व्यापक सहभागिता र ‘सेवा माथि स्वार्थ’ भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ।”

यस परियोजनाले क्लबहरूलाई विभिन्न समुदायहरूको भ्रमण गर्ने अवसर दिएको थियो, जसबाट उनीहरूले स्थानीय आवश्यकता र चुनौतीहरू बुझ्न सके र भविष्यका सेवाका सम्भावनाहरू पनि पहिचान गर्न सके। सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको थियो।

वृक्षरोपणपछि बिरुवाको स्याहार र संरक्षणमा पनि विशेष ध्यान दिइएको थियो, जहाँ धेरै क्लबहरूले स्थानिय सरोकारवालासँग सहकार्य गरेका छन्।
रोटरी प्लान्टेशन डे २०२५ ले ‘UNITE FOR GOOD’ भन्ने रोटरी इन्टरनेशनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोद्वारा अगाडि सारिएको थीम अनुरूप सामूहिक प्रयासको शक्ति र हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रति रोटरीयनहरूको स्थायी प्रतिबद्धतालाई प्रस्ट रूपमा उजागर गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?