मुगु – मुगुका किसानहरू आर्थिक अभावका कारण यस वर्ष पनि काँचो स्याउ बेच्न बाध्य भएका छन्। बाली पक्न अझ केही समय लाग्ने भए पनि दैनिक खर्च, विद्यालय शुल्क, स्वास्थ्य उपचार र घरायसी आवश्यकता पूरा गर्न नगद अभावले किसानलाई समयभन्दा अगाडि स्याउ बजारमा ल्याउनुपरेको हो।
नाम नभन्ने सर्तमास्थानीय किसान भन्छन्, “स्याउ राम्ररी पाक्न झण्डै महिना दिन लाग्छ, तर घर चलाउन पैसाको जोहो गर्न काँचो स्याउ बेच्नैपर्छ।”
सदरमुकाम गमगढी र छिमेकी बजारमा किसानहरू डोकोमा काँचो स्याउ बोकेर बिक्री गरिरहेका छन्। समयभन्दा अगाडि बिक्री गर्दा स्याउको स्वाद र गुणस्तरमा असर पर्ने भएकाले उचित मूल्य पाउन कठिन हुने किसानको गुनासो छ।
उन्नत भण्डारण गृह, कृषि सहुलियत ऋण र बजार व्यवस्थापनको सुविधा नहुँदा वर्षेनि यस्तै समस्या दोहोरिने गरेको स्थानीय कृषकहरूको आरोप छ।

कृषि प्राविधिकहरूले किसानलाई पाक्ने समय नपुगेको स्याउ बेच्दा दीर्घकालीन घाटा हुने सुझाव दिदै आएका छन् ।
मुगु जिल्लामा जम्मा ४५५ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती रिदै आएको छ भने गतबर्ष मुगु जिल्लाभरी गरि जम्मा ३१३१ मेट्रिकटन स्याउ उत्पादन भएको थियो तथ्याङ्क छ।
बिशेषगरी मुगुजिल्ला छायाँनाथरारा नगरपालिका भित्रका उच्च बस्तीहरू रोबा , घ ट्ललेख, तलिलेख, लुवारपोल्ना, लिउडी, मुन्दु, रोवा, सोभा, ताल्च, टोप्ला, पिना, ताल्च, बाम, लयायतका ठाउँहरूमा स्याउखेती गरिदै आएको छ ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































