वीरगन्जमा खानेपानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण (तस्बिरहरू)

वीरगन्जमा खानेपानीको हाहाकार, नेपाली सेनाद्वारा दैनिक ९० हजार लिटर पानी वितरण (तस्बिरहरू)
+
-

काठमाडौँ – मधेश प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ। वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सिर्जना भएको छ।

अहिले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाव देखिएको छ। पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव देखिएको छ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ।

हाल नेपाली सेनाको मध्यपूर्वी पृतना हेडर्क्वाटरको २८ वाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा ( बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको सहायता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए।

नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए। ‘गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन। यहाँ त धेरै समस्या छ,’ उनले सुनाए।

स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए। ‘पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरु वडा, पालिकाले केही गरेको छैन,’ उनले भने।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?