
काठमाडौँ – किङ फुड्स प्रा.लि.ले ‘मिठास टुकुचे १४०१’ बासमती चामल सार्वजनिक गरेको छ।
उत्तरी भारतको हरियाणाबाट आयात गरिएको १४०१ स्टिम बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘मिठास टुकुचे १४०१’ बासमती चामलमा विशेष वासना, लामो दाना र अद्वितीय स्वाद रहेको छ, जसले नेपाली परिकारहरूलाई अझ स्वादिष्ट र आकर्षक बनाउँछ।
हाल यो चामल देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी., ५ के.जी. र २० के.जी. प्याकिङमा उपलब्ध छ।
साथै, छिट्टै मेट्रोमार्ट र बिगमार्टजस्ता खुद्रा स्टोरहरूमा पनि उपलब्ध गराउने तयारी भइरहेको किङ फुड्सले जनाएको छ।
किङ फुड्सले ‘मिठास’ र ‘महारानी’ जस्ता बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ।