मुगुमा मौसमी पानीघट्टको परम्परा अझै जीवित

मुगुमा मौसमी पानीघट्टको परम्परा अझै जीवित
+
-

मुगु – मुगुका ग्रामीण बस्तीमा आज पनि मौसमी पानी घट्टको परम्परा जीवित छ। गाउँका पहाडी खोला, खोल्सामा पानीको बहाव प्रयोग गरी अन्न पिस्ने यो परम्परागत प्रविधि पुस्तौँदेखि स्थानीय जीवनशैलीको अभिन्न अंग बनेको छ।

बर्षायामको समयमा खोलामा पानीको बहाव बढ्दा घट्टहरू झन् सक्रिय हुन्छन्। स्थानीय किसानहरू जौ, मकै, कोदो, गहुँजस्ता अन्नबाली पिस्न टाढा जानू पर्दैन । गाउँघर नजिकैका ठाउँमा निर्माण गरिएका मौसमे पानी घट्टमा पिस्न स्थानियहरू अन्नका भारी,कुम्ला बोकेर यही घट्ट सम्म पुग्छन्। यसले समय र श्रम दुवै बचत हुने गरेको गाउँलेको भनाइ छ।

मुगुका अधिकांश बस्तीहरू सडक र बिजुलीको सहज पहुँचबिनै रहेका कारण आधुनिक मिलको प्रयोग न्यून छ। “बिजुली मिल त बजारमै मात्र छ, हामीलाई त यही घट्ट सजिलो र सस्तो पर्छ,” गमगढी नजिकैका एक कृषकले बताए।

तर, नयाँ पुस्ताले आधुनिक प्रविधिको मोहमा यस्ता परम्परागत पानी घट्टको संरक्षणमा खासै चासो नदिएको गुनासो बुढापाका हरू गुनासो गर्छन्। घट्टको संरचना जीर्ण हुँदै जाँदा केही ठाउँमा यो परम्परा लोप हुने खतरा पनि देखिएको छ।

यद्यपि, दुर्गम भेगमा अझै पनि मौसमी पानी घट्ट गाउँको सामूहिक सम्पत्ति र सहजीविकाको प्रतीकका रूपमा चलिरहेको छ। जब वर्षा याम शुरू हुन्छ तब हिउँदमा सुकेका खोला , खोल्सा सक्रिय रहन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?