खेलकुदबाट लुम्बिनीको नयाँ परिचय स्थापित गर्ने लक्ष्य छ: मन्त्री पाण्डे

खेलकुदबाट लुम्बिनीको नयाँ परिचय स्थापित गर्ने लक्ष्य छ: मन्त्री पाण्डे
+
-

दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पदभार ग्रहण गरेका छन्।

उनले मंगलबार पदभार ग्रहण गर्दै लुम्बिनीको परिचय खेलकुदमार्फत पनि दिन सक्ने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

‘लुम्बिनीको परिचय भगवान गौतम बुद्धमार्फत स्थापित भएको छ। अब अर्को परिचय खेलकुदबाट दिन सक्ने गरी काम गर्ने योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री पाण्डेले भने, ‘खेलकुदबाट नाम र दाम दुवै कमाउन सकिने वातावरण बनाउन सकिन्छ। यसतर्फ मन्त्रालयले विशेष ध्यान दिन्छ।’

लोकतान्त्रिक समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए। पाण्डेले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’