विपद्ग्रस्त समयमा पनि सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सुस्त (तस्बिरहरू)

विपद्ग्रस्त समयमा पनि सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सुस्त (तस्बिरहरू)
+
-

काठमाडौँ – मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ २०७७ सालमा शिलान्यास गरिएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ।

हाल नेपाल सरकारले विपद्ग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन यो आयोजनाको भूमिका महत्त्वपूर्ण मानिएको छ।

तर, एक वर्षअघि नै आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा अगाडि बढाउन सकेको छैन।

१४ अर्ब सात करोड ५९ लाख रुपैयाँको लागतमा बाँध निर्माणको ठेक्का लिएको उक्त निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा जम्मा ७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ।

यो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसाल्नेछ। त्यहाँबाट मरिण नदी हुँदै बागमती ब्यारेकमार्फत तराई मधेशका खेतहरूमा सिँचाइ पुर्‍याइनेछ।

हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ। आयोजनाले २०८४ असोजसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिएको छ।

तस्बिरहरूः 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?