
काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीर्थराज भट्टराईले विभिन्न सात बुँदे माग राखेर माइतीघर मण्डलामा सुरु गरेको आमरण अनशनपछि सरकारी टोलीले उनीसँग छलफल गरेको छ।
छलफलमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चा काजी महर्जन, उप-महानिर्देशक सुनिल कुमार ठाकुर र नगरपालिका संघका केन्द्रीय अध्यक्ष भिम प्रसाद ढुङ्गानाको उपस्थिति थियो।
वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र तीर्थराज भट्टराईको तर्फबाट उपमेयरसहितको टोली थप छलफल तथा सहमतिका लागि वन मन्त्रालय जाने निर्णय भएको छ।
तस्बिरहरूः