हुम्ला – जिल्ला अस्पताल हुम्लाले २०८१/८२ मा जिल्लाभरका लक्षित वर्गका लागि साढे एघार लाखभन्दा बढीको उपचार निःशुल्क गरेको छ। अस्पतालमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट सामाजिक सुरक्षा शाखालाई प्राप्त भएको बजेटबाट सो उपचार गरिएको हो।
अस्पतालले निर्धारण गरेका मापदण्डका आधारमा जिल्लाभार लक्षित वर्गका बिरामीलाई एघार लाख ७१ हजार ८०५ रुपैयाँ बराबरको निःशुल्क उपचार गरिएको अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले बताए।
यसबाट एक हजार २४३ जना लक्षित वर्गका बिरामीको उपचार गरिएको हो। उनका अनुसार लक्षित वर्गका बिरामीमा गरिब, असहाय, अपाङ्गता, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, विपद तथा प्राकृतिक प्रकोप पीडित, सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति, गरिब तथा बित्पन्न बिरामी, सहिद परिवार र कुपोषित बालबालिका रहेका छन्।
यी लक्षित सवै वर्गको बिरामी अस्पतालमा आएर उपचार सेवा लिएको उनले बताए। दुर्गम त्यसमाथि महङ्गी पनि भएका कारण हुम्लाका लागि यो शीर्षकमा विनियोजित बजेट पनि न्यून भएको हो। ७७ वर्षका ज्येष्ठ नागरिक जैमल बुढाले आफुले उपचार निःशुल्क पाएको र हाल स्वास्थ्य पनि सामान्य रहेको बताए। यस्ता सुविधा आएको जानकारी गाउँगाउँमा पुर् याउनुपर्ने भन्दै उनले यो सेवा प्रभावकारी देखिएकोले यसलाई निरन्तरता दिन र प्रचारप्रसार गर्न आवश्यक रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































