आमरण अनसन बसेका मेयरलाई प्रहरीले अन्तै लैजान खोज्दा… (तस्बिरहरू)

आमरण अनसन बसेका मेयरलाई प्रहरीले अन्तै लैजान खोज्दा… (तस्बिरहरू)
+
-

काठमाडौँ- सातबुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको दिक्तेल मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रहरीले उठाउन खोजेपछि तनाव भएको छ।

प्रहरीले उनलाई त्यहाँबाट उठाएर रत्नपार्कस्थित शान्तिबाटिकामा लैजान खोजेको थियो । त्यसक्रममा भट्टराईका समर्थकले प्रतिरोध गरेपछि प्रहरी पछि हटेको छ ।

आइतबारदेखि सत्याग्रह सुरु गरेका भट्टराई माग पूरा नभएपछि आजदेखि आमरण अनसन बसेका हुन्।

यसअघि बुधबार दिउँसो उनीसँग भएको छलफलमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चा काजी महर्जन, उप-महानिर्देशक सुनिल कुमार ठाकुर र नगरपालिका संघका केन्द्रीय अध्यक्ष भिम प्रसाद ढुङ्गानाको उपस्थिति थियो।

वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र तीर्थराज भट्टराईको तर्फबाट उपमेयरसहितको टोली थप छलफल तथा सहमतिका लागि वन मन्त्रालय जाने निर्णय भएको बताइए पनि उनी आमरण अनशनमा उत्रिएका हुन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?