मुगु – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गमगढीमार्फत २०८१/८२ मा १२ करोड ८ लाख ३१ हजार रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।
मुगुको सदरमुकाम गकगढी बजारमा रहेको नेपाल खाद्य ब्यबस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहुलियत दरमा सस्तो देखि महँगो गरी विभिन्न जातका १६ हजार १ सय २५.२१ क्विन्टल अनुदान चामल बिक्री गरेको शाखा प्रमुख केशव गिरीले बताए।
उनका अनुसार उक्त चामल जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्ने गरिएको छ।

नेपाल सरकारले अन्न उत्पादन कम हुने दुर्गम तथा हिमाली जिल्लामा अनुदानमा सञ्चालित नेपाल सरकारको कार्यक्रम हो। जसअन्तर्गत खाद्य अभाव हुने दुर्गम बस्तीमा सस्तो मूल्यमा चामल पुर्याउने उद्देश्य लिइएको छ।
चामल स्टिम मसिनो जिरा पैंतालीस जिरा, अरूवा सोनामनसुली,पैंतालीस अरूवा, मनसुली चामल, अरूवामोटा, पैंतालीस अरूवा मोटा, अरूवा मध्यम,पैंतालीस अरूवा मध्यम चामलका जातमध्ये सबैभन्दा महँगो स्टिम जिरा र पैंतालीस जिरा क्वीन्टलको ९ हजार, सबभन्दा कम मूल्यको मोटो चामल जसको मूल्य १ क्वीन्टलको रू ६,हजार ३ सय रहेको शाखाले जनाएको छ।
यस शाखाका अन्य ३ बटा गाउँपालिकामा समेत डिपो स्थापना गरी खाद्यान्न बिक्रि बितरण गर्दै आएको छ ।
मुगुका हाल करिब १२ हवार भन्दा बढी घरधुरी रहेका छन्। अधिकांस घरधुरी सहुलियत दरको चामल नै उपभोग गर्दै आएका छन्। जनसंख्या बढ्दै जाँदा खेतीयमेग्य जमिन अपुग हुनु र भएको जमिनमा राम्ररी य्रयोग नगरिदा आयतित चामलकै भर पर्नु पर्ने बाध्यता आफुहरूको रहेको स्थानिय बासिन्दाले बताएका छन्।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































