रत्ननगर – खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६३ देखि नेपाली साहित्यमा प्रदान गर्दै आएको प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन समितिको सिफारिसबमोजिम यो सूची सार्वजनिक गरिएको जानकारी दिए। यसअघि गत असार १५ गते १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरिएको थियो।
यही संक्षिप्त सूचीमा परेका पाँच पुस्तकहरूमध्येबाट प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ।
पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) मा परेका पाँच पुस्तकहरू (वर्णानुक्रममा):
१. कृति: उरमाल – आख्यान लेखक: छुदेन काविमो
२. कृति: छालबाटो – गैरआख्यान लेखक: रमेश भुसाल
३. कृति: प्रणाम सगरमाथा – नियात्रा लेखक: भवानी खतिवडा
४. कृति: स्व – उपन्यास लेखक: सरस्वती प्रतीक्षा
५. कृति: हिउँको गीत – उपन्यास लेखक: तीर्थ गुरुङ

भर्खरै
लोकप्रिय






































































































































































































