फिल्म ‘रियाल रिंगेट’काे प्रिमियर सम्पन्न, शुक्रबारदेखि प्रदर्शनमा आउने

फिल्म ‘रियाल रिंगेट’काे प्रिमियर सम्पन्न, शुक्रबारदेखि प्रदर्शनमा आउने
+
-

शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिंगेट’ को प्रिमियर सम्पन्न भएकाे छ।

काठमाडौंमा आयोजित प्रिमियरमा फिल्मको टिम, अन्य कलाकर्मीसहित अन्य विधाका व्यक्ति र सञ्चारकर्मीहरू उपस्थित रहेका थिए।

प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई फिल्मले पर्दामा ल्याउन खाेजेकाे छ। प्रिमियर शाे हेरेर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा आफू भावुक बनेको बताए। उनले भने, ‘यो फिल्म हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिंगेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।’

वरिष्ठ गायक प्रेमराजा महतले फिल्मको प्रशंसा गरे । ‘धेरैपछि यसरी कुनै नेपाली फिल्म हेरेँ। यसको कथा, अभिनय, संगीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो फिल्म हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ, ‘ उनले भने।

विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा कलाकारहरू प्रमोद चौलागाईं र नीता ढुंगाना मुख्य भूमिकामा छन्। छुल्ठिम डोल्मा गुरूङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा अभिनय छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?