
काठमाडौँ — कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै काभ्रेको बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। बनेपा मार्भल प्यालेसद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भूषण तिवारीको पनि उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै शाक्यले भने, ‘कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो शहरका लागि गर्वको कुरा हो। यस नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पुर्याउनेछ।’
विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।
कजरियाको नेपालभर ४५ भन्दा बढी शोरूम र १०० भन्दा बढी डिलर छन्।