कोदोको महत्त्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

कोदोको महत्त्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
+
-

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको रैथाने अन्नबाली कोदोको महत्त्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि आह्वान गरेकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले धान, मकै र गहुँपछि चौथो मुख्य बालीको रूपमा रहेको कोदोलाई नीतिगत बेवास्ता र सामाजिक उपेक्षाका कारण सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी छन्। उनले यसका लागि भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनको व्यावसायीकरण, नवप्रवर्तन र प्रविधिको प्रयोग आवश्यक रहेको बताएकी छन्। साथै, उनले रैथाने बीउको संरक्षण, बजारमा पहुँच वृद्धि र युवा सहभागितालाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेकी छन्।

कोदोलाई जलवायु अनुकूल, वातावरणमैत्री र न्यूनतम जलस्रोतमा आधारित पोषणयुक्त बालीको रूपमा चित्रण गर्दै पूर्वराष्ट्रपति भण्डारीले यसको संरक्षण र प्रवर्द्धनको अभियानलाई राष्ट्र निर्माणको अभिन्न हिस्सा बनाउन सबैलाई मिलेर काम गर्न आग्रह गरेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?