
काठमाडौँ – आज पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइएको छ।
भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा कोदो दिवस मनाइएको हो।
गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाख मेट्रिक टनभन्दा बढी कोदो उत्पादन भएको थियो।
यो वर्ष त्यो तथ्यांकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले बताए।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी