झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना, २१ जना घाइते

झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना, २१ जना घाइते
+
-

झापा – मेचीनगर–९, खुट्टीडाँगीमा आज बिहान एउटा स्कुल भ्यान दुर्घटना हुँदा २१ जना विद्यार्थी र एक शिक्षिकासहित २२ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलको मे.१ ज.३१०७ नम्बरको भ्यान आफैँ अनियन्त्रित भएर टिमाई खोलामा खसेको थियो।

दुर्घटना बिहान १० बजेतिर भएको हो। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा रेफर गरिएको छ।

दुर्घटनामा घाइते भ्यान चालक गणेश श्रेष्ठ (४५), सबिस्का राई (६), समिरा बिसुङ्खे (४) र शिक्षिका प्रिति सिवा (२३/२४) लगायत ७ जनालाई गम्भीर चोट लागेकाले उपचारका लागि बी एण्ड सी अस्पताल पठाइएको छ।

बाँकी घाइते विद्यार्थीहरूको अवस्था सामान्य रहेको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ। घटनास्थलमा उद्धारकार्यमा खटिएका स्थानीयहरूले तत्काल सहयोग नगरेको भए ठूलो मानवीय क्षति हुनसक्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?