शिवजीको मूर्तिसहित छायाँनाथ धामको तीर्थयात्रा सुरू

शिवजीको मूर्तिसहित छायाँनाथ धामको तीर्थयात्रा सुरू
+
-

मुगु – हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिक स्थल छायाँनाथ धाममा यस वर्षको तीर्थ यात्रा शिवजीको मूर्तिसहित विधिवत रूपमा सुरु भएको छ।

सिन्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनाको आगमनसँगै भक्तजनहरूको बाक्लो आगमन सुरु भएको हो। यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजा–आराधना गर्दै यात्राको औपचारिक सुरुवात गरिएको छ। धाम परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय पुरोहित, पुजारी , सरकारी कर्मचारी, सुरक्षाकर्मी , स्थानिय श्रदालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा धाम परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङको दोल्फुमा अबस्थित ४५ सय मिटरको उचाईमा रहेको छायाँनाथ धाममा विशेषगरी साउन महिनामा हजारौँ श्रद्धालुहरू देशका विभिन्न भागहरूबाट दर्शन गर्न आउने गर्दछन्।

सामान्य तया श्रदालु भक्तजनहरूलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आबश्यक ओैषधि सहित स्वास्थ्यकर्मीको टोली समेत खटाईएको नगर प्रमुख बिष्णुकुमार भामले बताए। उनका अनुसार छायाँनाथ धाममा भैपरि आउने ब्यबस्थापनका लागी खर्चबापत रू ५० हजार उपलब्ध गराईएको छ ।

शिवजीको मूर्ति सहित पूजा गर्ने परम्परा बर्षौ देखी चलितआएको र बिश्वका चारधाम मध्य कैलास मानसरोवर पछिको जेठो धामको रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहाँक रूपमा यसको महत्व धेरै ठुलो भएको स्थानीय समाज सेबी ऐनबहादुर हमालले जानकारी दिए । उनीहरूका अनुसार यो ठाकुरज्यु (भगवान शिव) बिष्णु , गणेश र भगवान बुद्दको को मुर्ती बिक्रम सम्वत १८३६ सालमा चैन गाउँका तत्कालिन पुजारी शुन्दर चौंलागाई, उपाध्यायले मूर्ति स्थापना गर्नु भएको थियो । शक्ती के कसरी मुर्ती चैनगाउँमा स्थापनागरिएयो यो अनुसंधानको बिषय भएको चैन गाउँकै स्थानिय भिमचन्द्र हमालले बताए ।

धामको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र मौलिक संस्कृतिले हरेक वर्ष यहाँ आउने भक्तजनको संख्या बढ्दै गएको छ। बर्दिया, कैलाली, दैलेख, सुर्खेत, जुम्ला, डोल्पा, बाजुरा, अछाम, कर्णाली उपत्यकाका साथै भारतको उत्तराखण्ड, हिमाञ्चल र कुमाउँ क्षेत्रबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।

छायाँनाथ धाममा यात्राको सिजनमा स्थानीय बजारमा चहलपहल बढ्ने, होटल तथा पसलहरू फस्टाउने र स्थानीय उत्पादनको बिक्रीसमेत बढ्ने भएकाले तीर्थ यात्रा आर्थिक दृष्टिले पनि लाभदायक हुने गरेको छ।

नगरपालिकाले छायाँनाथ धामलाई आधिकारिक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्न प्रदेश र संघ सरकारसँग सहकार्य गरिरहेको जनाएको छ। आगामी वर्षहरूमा यहाँ वार्षिक महोत्सव, संस्कृति पर्व तथा अन्तर्राष्ट्रिय शिव महायज्ञ आयोजना गर्ने योजना समेत बनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?