काठमाडौँ – सामसङले नेपालमा स्मार्टवाच ग्यालेक्सी वाच ८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको कम्पनीको भनाइ छ।
दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको कम्पनीको दाबी छ।
ग्यालेक्सी वाच ८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ।
‘यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले तपाईंको सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा तपाईं बिहान ताजगीको साथ उठ्न सक्नुहुन्छ भनेर सुझाव दिन्छ। यसमा रहेको रनिंग कोचले तपाईको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ। साथै, तपाईको करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ,’ कम्पनीले भनेको छ।
अब जेमिनी एआईको सहायताले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सकिन्छ।
ग्यालेक्सी वाच८ क्लासिकको मूल्य ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ। ग्यालेक्सी वाच८ को ४० एमएम साइजको मूल्य ५४ हजार ९९९ रुपैयाँ र ४४ एमएम साइजको ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































