‘खेल क्षेत्र व्यावसायिक हुनुपर्छ’

‘खेल क्षेत्र व्यावसायिक हुनुपर्छ’
+
-

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने बताएका छन्।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्वस्थ युवा, समाज र राष्ट्रका लागि खेलकुद अपरिहार्य रहेको बताए।

उनले भने, “व्यावसायिक खेलको माध्यमबाट स्वस्थ र सक्षम नागरिक उत्पादन हुँदा भावी जनशक्तिलाई आत्मनिर्भर सघाउ पु¥याउछ। यसमा सम्बन्धित सबै सरोकारवालाहरूको ध्यान जान आवश्यक छ।”

खेलकुदले राष्ट्रिय गरिमा बढ्नेदेखि खेल पर्यटनका माध्यमबाट मनोरञ्जन दिने युवा रोजगारी सिर्जना गरी आर्थिक समृद्धि बढाउनतर्फ जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो। उनका अनुसार खेलले युवालाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने भएकाले यस क्षेत्रमा राज्यको लगानी आवश्यक छ।

उक्त समारोहमा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष दीपेन्द्र दाहाल, नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशका पदाधिकारीसहित यहाँका १० जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?