कोलम्बियाका पूर्व राष्ट्रपतिलाइ १२ वर्ष घरमै नजरबन्दमा राख्न आदेश

कोलम्बियाका पूर्व राष्ट्रपतिलाइ १२ वर्ष घरमै नजरबन्दमा राख्न आदेश
+
-

कोलम्बियाका पूर्व राष्ट्रपति आल्भारो उरीबेलाइ अपराधिक आरोपमा दोषी ठहर गरिएको छ। उनलाइ अदालतले १२ वर्ष घरमै नजरबन्दमा राख्न आदेश दिएको हो। अपराधिक आरोपमा दोषी ठहर हुने उरिबे पहिलो  कोलम्बियाली पूर्व राष्ट्रपति बनेका छन्।

पूर्व कोलम्बियाली राष्ट्रपति उरीबेलाई धाँधली र साक्षी किन्न खोजेको अभियोगमा दोषी ठहर गर्दै अदालतले १२ वर्ष घरमै नजरबन्दको सजाय सुनाएको हो। उरीबेले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। उनका वकिलले यसअघि नै फैसला विरुद्ध अपिल गर्ने घोषणा गरिसकेका छन्।

यो फैसला बोगोटाको ४४औँ आपराधिक अदालतकी न्यायाधीश सान्द्रा हेरेडियाले सुनाएकी थिइन्। दोषी ठहर भएको चार दिनपछि उनले सजायको घोषणा गरिन्। यद्यपि, उनले अभियोजकलाई घूस दिन खोजेको अर्को आरोपबाट भने उरीबेलाइ निर्दोष ठहर गरेकी थिइन्।
७३ वर्षीय उरीबे, सन् २००२ देखि २०१० सम्म कोलम्बियाको शासन सम्हालेका थिए। आपराधिक मुद्दामा दोषी ठहरिने उनी पहिलो कोलम्बियाका पूर्वराष्ट्रपति बनेका छन्।

यो मुद्दा सन् २०१२ मा सुरु भएको थियो, जब हाल विपक्षी दल रहेको सेन्त्रो डेमोक्राटिकोका नेता उरीबेले सत्तारूढ हिस्टोरिक प्याक्ट पार्टीका सांसद इभान सेपेडाले आफूलाई निसाना बनाउन अवैध अर्धसैनिक समूह बनाएको आरोप लगाएर कारवाही गर्न खोजेका थिए।

तर सेपेडाले ती सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। यो विषय सन् २०१८ मा फरक तरिकाले पुन अदालतमा प्रवेश गरेको थियो। जब कोलम्बियाको सर्वोच्च अदालतले उरीबेले आफ्नो विरुद्धका साक्षी किन्न खोजेको अभियोगमा अनुसन्धान सुरु गर्ने निर्णय गरेको थियो।

वर्षौंदेखि चलेको अनुसन्धान र उरीबे पक्षबाट गरिएका कानुनी अपिलहरूपछि, मे २०२४ मा कोलम्बियाली अभियोजन कार्यालयले उनलाई औपचारिक रूपमा तीनवटा अभियोगमा दोषी ठहर गरेको थियो। कारवाही गर्ने क्रममाम धाँधली गरेको अपराधसम्बन्धी मुद्दामा घूस दिन खोजेको लगायत आरोप लगाएको थियो।

यो अभियोगका आधारमा मुद्दा ६७ दिनसम्म चलेको थियो र यही हप्ता फैसला भएको थियो। उरीबेले पुरै मुद्दाको अवधिभर आफू निर्दोष रहेको अडान दोहोर्याइरहे। पूर्वराष्ट्रपति इभान डुके र अन्य केही विपक्षी नेताहरूले पनि उरीबेको समर्थन गरेका थिए। तर अर्कोतर्फ, सरकारसम्बद्ध व्यक्तिहरूले भने अदालतको फैसलालाई न्यायको विजय भन्दै स्वागत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?