गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत
+
-

पोखरा – गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन्।

शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भए। सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन्।

देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने अधिवेशनमा संकल्प गरिएको छ।

२०७७ सालमा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन्। परिसंघले विगतमा प्रदेश तथा संघीय सरकारलाई बजेटसम्बन्धी सुझाव दिने, ‘इन्सुर’ परियोजनामार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने काम गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?