
काठमाडाैँ – चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा सांस्कृतिक कार्यक्रम ‘रंगीन चीन’ सम्पन्न भएको छ।
नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई राष्ट्रबीचको मित्रता हिमालय झैं अटल र आपसी सहकार्य सधैं प्रवाह भइरहने नदीझैं निरन्तर रहेको जनाइएको छ।
सात दशक लामो मित्रवत सम्बन्धको स्मरण र भविष्यको सहकार्यको परिकल्पना गर्न आयोजित यस सांस्कृतिक कार्यक्रम काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आज आयोजित गरिएको हो।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो जसले नेपाली र चिनियाँ संस्कृतिको संगमलाई कलामार्फत् प्रभावशाली ढंगले प्रस्तुत गरेको थियो।