
काठमाडौँ – हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाह पुगेका छन्।
‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै सीप, ऊद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम भइरहेको कोषले जनाएको छ।
कार्यक्रमको मूल उद्देश्य युवाहरुलाई स्वदेशमै रहेर उद्योग, व्यवसाय सञ्चालन गर्न चाहने नवउद्यमी उत्सुक युवाहरुलाई माइक्रो–सीडिङ रिभल्भिङ फन्डको माध्यमद्वारा सहायता प्रदान गर्ने रहेको छ।
पूर्वयुवराजकुमारी पूर्णिका शाहले पनि हिमानी कोषमा इन्टर्न गरेकी थिइन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी