विद्यालयमा शौचालय बनेपछि विद्यार्थीलाई सहज

विद्यालयमा शौचालय बनेपछि विद्यार्थीलाई सहज
+
-

हुम्ला – विद्यालयमा शौचालय बनेपछि विद्यार्थीलाई सहज हुने भएको छ। विद्यार्थीलाई अब बाहिर खुला स्थानमा शौच गर्नुपर्ने बाध्यता हटेको छ। गाउँपालिकाको समन्वयमा विद्यालय हाताभित्रै सुविधा सम्पन्न शौचालय निर्माण कार्यले विद्यार्थीलाई सो बाध्यता हटेको हो।

खार्पुना गाउँपालिका–४ को सीता माध्यमिक विद्यालयमा अध्ययनरत छात्र दिनेश रोकायाले नयाँ सुविधा भएको शौचालय निर्माण कार्यले विद्यार्थीलाई शौच गर्न सहज भएको बताए। विद्यालयमा धेरै विद्यार्थी अध्ययन गर्दै आएका कारण शौचालयमा पालो कुरेर शौच गर्नु परिरहेका बेला नयाँ निर्माण भएको समावेशी शौचालयले यो समस्या हट्नुका साथै विद्यार्थीलाई सहज भएको उनले बताए।

कतिपय विद्यार्थीले विद्यालयको नजिकै खुल्ला स्थानमा शौच गर्ने गरेको अवस्थामा अब त्यो समस्या पनि यो शौचालय निर्माणले हटेको छ। त्यसैगरि खार्पुना गाउँपालिका– ५ को ताक्ला गाउँको बागेश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक धिरेन्द्र शाहीले पुरानो र जिर्ण शौचालयमा विद्यार्थीले शौच गर्नै छोडेर बाहिर खुल्ला स्थानमा गरिरहेको बेला नयाँ शौचालय निर्माण भएर प्रयोगमा आएपछि सहज भएको बताए।

शौचालय छात्रा, छात्र र अपाङ्गमैत्री छुट्टाछुट्टै रुपमा निर्माण गरिएको र पानीको पनि ब्यवस्था गरिएको कारण सरसफाइ पनि हुने गरेको छ।

शौचालयमा टायल बिच्छ्याउने र प्रत्येकमा धाराको पनि ब्यवस्था गरिएको कारण सरसफाइका लागि पनि ध्यान दिईएको छ। शौचालयबाहिर हात धुनका लागि बालमैत्री धारा पनि निर्माण गरिएको छ। विगत दुई वर्षदेखि खानेपानी तथा सरसफाइका क्षेत्रका काम गर्दै आएको सवैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता परियोजना ( सुसा) का सरसफाइ सहजकर्ता डम्बर रोकायाले विद्यालयमा शौचालय र खानेपानी निर्माण गर्ने कार्य भई रहेको र हालसम्म चार वटा विद्यालयमा यी संरचना निर्माण गरेर सञ्चालनमा आएको बताए। यस्ता अपाङ्ग र बालमैत्री शौचालय र धारा निर्माण गरिएका विद्यालयहरुमा सीता मावि, शंकर मावि, ज्ञानज्योति आवि र बागेश्वरी आवि रहेको उनले बताए।

यी संरचना विद्यालयमा विद्यार्थीको संङ्ख्याका आधार संरचना निर्माण गरिएका छन। लागत पनि परियोजना, स्थानीयको जनश्रमदान र गाउँपालिकाको लागत साझेदारीमा ब्यहोरिने गरिएको छ। लागत भने दश लाखदेखि बाह्र लाख ९८ हजारसम्म लाग्ने गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?