कालीगण्डकीको बहाव यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा
+
-

पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा भएको भारी वर्षाका कारण नदीको सतह उल्लेख्य रूपमा बढेको हो।

गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार आज बिहान कालीगण्डकीको सतह ६ मिटर ४० सेन्टिमिटरसम्म पुगेको छ, जुन यस वर्षकै उच्च मापन हो। बिहानको समयमा नदीको सतह ७.४० मिटर पुगेको जानकारी दिँदै, उनले वर्षा रोकिएकाले अब बहाव क्रमशः घट्न सक्ने सम्भावना रहेको बताए।

नदीको बहाव बढेसँगै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकास्थित बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ।

नदीको उर्लदो बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन संरचनासमेत बहावले पुरिएको छ। शालिग्राम क्षेत्रका सत्तलसहितका धार्मिक संरचना पनि पानीले ढाकेको छ।

शालिग्राम क्षेत्र नजिकै बस्दै आएका तिलक पराजुलीले डुबानका कारण दर्शन गर्न जाने बाटो पूर्ण रूपमा क्षति भएको जानकारी दिए। पुजारी तथा पण्डितहरू समेत चिन्तित बनेका छन्।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको असरबाट पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजारमा डुबानको खतरा कायमै छ।

कालीगण्डकी र सेतीखोलाको बहाव एकैसाथ बढेपछि त्यस क्षेत्रका झन्डै दुई सय व्यापारी र सर्वसाधारण थप जोखिममा परेका छन्।

१६ वर्षअघि, वि.सं. २०६६ असोज २१ गते, यही क्षेत्रमा कालीगण्डकी र सेतीखोला उर्लिँदा तीन दर्जन परिवार विस्थापित भएका थिए। त्यसबेलादेखिको त्रास अझै नसेकेको भन्दै स्थानीय व्यवसायी विष्णु न्यौपानेले अहिले पनि सतर्क रहनुपर्ने अवस्था रहेको बताए।

उनले अहिले शालिग्राम शिला त डुबानमा परेपनि बजार क्षेत्रमा भने पानी नपुगेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?