ऐनापहरा दुर्घटना अपडेटः खसेको बसमा भेटिएनन् थप यात्रु

ऐनापहरा दुर्घटना अपडेटः खसेको बसमा भेटिएनन् थप यात्रु
+
-

पोखरा – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी किनारमा खसेको बसमा थप यात्रु नभएको प्रहरीले पुष्टि गरेको छ । क्रेन लगाएर दबेको बस निकालर हेर्दा थप यात्रु नभेटिएको प्रहरीले जनाएको हो ।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग २ ख १०७७ नम्बरको यात्रुवहाक वस सडकबाट १५ मिटर तल मस्र्याङदी नदीको किनारमाथि बस खसेको हो । आइतबार दिउँसो ४ बजेको समयमा दुर्घटना भएको बसबाट ५ जना यात्रुको उद्धार गरिएको छ ।

तीमध्ये दुई जनाको थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए । एक जनाको अवस्था गम्भिर र एकको अवस्था सामान्य रहेको छ ।

तीन जना घाइते आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपश्चात डिस्चार्जको प्रक्रियामा रहेको उनको भनाइ छ । बसमा १२ जना यात्रु सवार थिए । ऐनापहरा अवलोकन गरेर चितवनतर्फ लाग्ने बेलामा बस स्टार्ट गरेपछि ब्रेक नलागेको प्रहरी निरीक्षक सुवेदीले बताए । ५ जना घाइतेमध्य दुई जनालाई सडक तलबाट उद्धार गरिएको हो । अरु सबै यात्रु, चालक र सहचालक ब्रेक नलागेपछि सडकमै ओर्लिन सफल भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?